You are viewing the translated version of अनुगमन तथा निरीक्षण.
Section 22
अनुगमन तथा निरीक्षण
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली र निर्देशिका तथा इजाजतपत्रका शर्त र अवस्थाको परिपालना भए नभएको सम्बन्धमा नियमनकारी निकायले नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्नु वा गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम अनुगमन तथा निरीक्षणको कार्य गर्न नियमनकारी निकायले आवश्यकतानुसार तोकिए बमोजिमको योग्यता भएका र तालीम प्राप्त गरेका नेपाल सरकारका कर्मचारी वा विषयसँग सम्बन्धित विज्ञलाई निरीक्षकको रुपमा तोक्न वा खटाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम तोकेका वा खटिएका निरीक्षकले इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाको देहायको विषयमा निरीक्षण गर्न सक्नेछः-
(क) रेडियोधर्मी स्रोत सम्बन्धी अभ्यास, क्रियाकलाप वा संयन्त्र सञ्चालन गरेको
स्थान बा भवनमा जुनसुकै समयमा प्रवेश गरी विकिरणजन्य सुरक्षा र संरक्षणको बारेमा जानकारी प्राप्त गर्न,
(ख) रेडियोधर्मी स्रोत सम्बन्धी संयन्त्र, क्रियाकलाप वा अभ्यास सञ्चालन गरेको स्थान वा भवनमा दुर्घटना हुन सक्ने सम्भावना देखिएमा पूर्वसावधानीको लागि तयारी बारेमा जानकारी प्राप्त गर्न,
(ग) बिकिरणका स्रोत संलग्न कुनै अप्रत्याशित घटना बा दुर्घटना भएमा सोको जाँचबुझ र अनुसन्धान गर्न,
(घ) आवश्यकतानुसार जुनसुकै सम्बद्ध व्यक्तिसँग सोधपुछ गर्न।
(४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको शर्त तथा मापदण्डको पालना नभएको वा अनपेक्षित घटना वा अनधिकृत क्रियाकलाप भएको वा हुनसक्ने सम्भावना भएको लागेमा वा कुनै विश्वसनीय स्रोतबाट जानकारी प्राप्त हुन आएमा नियमनकारी निकायले अनुगमनको लागि ईजाजतपत्रप्राप्त संस्थामा निरीक्षक खटाउन सक्नेछ।
(५) यस ऐन बमोजिम अनुगमन तथा निरीक्षणको लागि खटिएको निरीक्षकलाई सहयोग गर्नु सम्बन्धित इजाजतपत्रवालाको कर्तव्य हुनेछ।
(६) यस दफा बमोजिम निरीक्षण गर्दा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावली, निर्देशिका, मापदण्ड वा इजाजतपत्रका शर्तहरु वा नियमनकारी निकायले निर्धारण गरेका अन्य शर्तहरुको उल्लंघन हुने अभ्यास, क्रियाकलाप वा संयन्त्र वा सोको कारणबाट मानव स्वास्थ्य वा जीवजन्तुलाई हानि नोक्सानी पुग्ने वा सम्पत्ति वा वातावरणमा क्षति हुन सक्ने देखिएमा निरीक्षकले त्यस्तो इजाजतपत्रवालालाई निश्चित अवधि तोकी शर्तहरुको पालना गर्न, त्यस्तो अभ्यास, क्रियाकलाप वा संयन्त्र तत्काल रोक्न वा स्थगन गर्न वा रोक लगाइएको अभ्यास, क्रियाकलाप वा संयन्त्रबाट उत्पन्न भएको रेडियोधर्मी पदार्थलाई सुरक्षित र भरपर्दो किसिमबाट भण्डारण गर्न आदेश दिन सक्नेछ।
(७) उपदफा (६) बमोजिम निरीक्षकले आदेश दिएकोमा त्यसको जानकारी तुरुन्त नियमनकारी निकायलाई गराउनु पर्नेछ।
(८) उपदफा (६) बमोजिम निरीक्षकले आदेश दिएकोमा तोकिए बमोजिम निरीक्षण प्रतिवेदन नियमनकारी निकायमा पेश गर्नु पर्नेछ।
(९) उपदफा (८) बमोजिम प्राप्त भएको प्रतिवेदनबाट जनस्वास्थ्य वा वातावरणमा गम्भीर क्षति हुन सक्ने देखिएमा नियमनकारी निकायले त्यस्तो पारमाणविक पदार्थ वा रेडियोधर्मी पदार्थ र संयन्त्र कब्जामा लिन सक्नेछ।